३३ किलो सुन तस्करी काण्डः बाजेको सेकुवामा छापा

काठमाडौँ — ३३ किलो सुन तस्करी र भरिया सनम शाक्य हत्याको घटनाको छानबिनको क्रममा गृहमन्त्रालयको छानबिन टोलीले अनामनगरस्थित बाजेको सेकुवामा छापा मारेको छ । टोलीले रेस्टुरेन्ट सञ्चालक चेतन भण्डारीको पनि सुन तस्करीमा संलग्न रहेको आशंकामा छापा मारेको हो ।

 

सुन तस्करीमा लगानी गरेको आशंकामा प्रहरीले रेस्टुरेन्टका सञ्चालक भण्डारीको सम्पत्ति र बैंक खाता रोक्का गरिसकेको छ। सुन तस्करी काण्डमा भण्डारी फरार प्रतिवादी हुन्।
 
भण्डारी तस्करी गिरोहका नाइके चुणामणि उप्रेती ‘गोरे’का आफन्त हुन्। भण्डारी उप्रेतीका भान्जा नाता पर्छन्।
 
समितिका एक सदस्यले कान्तिपुरसँग कुराकानी गर्दै भने, 'बाजेकाे साेकुवाकाे सबै चेन रेष्टुरेन्ट शिलबन्दी गरिनेछ।' ती सदस्यले अदालतकाे अादेश अनुसार याे काम हुन लागेकाे बताए।
 
बाजेकाे सेकुवा नाममा भण्डारीको स्वामित्व रहेका ५ वटा र उनका सालाे सञ्चालक रहेको एउटा गरी ६ वटा होटलमाअनुसन्धान समितिले काराेबार राेक्का गर्दै शिलबन्दी गरेको छ। उपत्यकामा बाजेकाे सेकुवा नामका १० वटा होटल सञ्चालनमा छन्।

source:ekantipur