भारतले बनाइदिएको ३९८ शय्याको धर्मशाला उद्घाटन

काठमाडौँ — भारतले २० करोड लागतमा पशुपतिमा बनाइदिएको ३९८ शय्याको धर्मशाला नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले उद्घाटन गरेका छन् ।

 

शुक्रबार दुई प्रधानमन्त्रीले सयुक्त रुपमा उद्घाटन गरेका हुन् ।संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार भारत सरकारको अनुदानमा उक्त धर्मशाला बनेको हो।
 
धर्मशालामा ८ वटा स्वीट वेड रुम र बाँकी साधारण रुमहरु छन्। जसमा ३ सय ९८ जना एकैपटकमा बस्न सक्छन्।
source:kantipurdaily