विवाह गरेको तीन दिनमै प्रहरी दम्पतीको मृत्यु

घरबाट विवाह सम्पन्न गरेर फर्कदै गरेका इन्स्पेक्टर दम्पतीसहित सातजनाको मृत्यु भएको छ । विवाह सकेर पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट आइरहेको ग १ ज ४२६० नम्वरको जीप दुर्घटना दम्पतीसहित सातजनाको मृत्यु भएको हो ।

रुकुमकोट निवासी प्रहरी इन्स्पेक्टर नविन श्रेष्ठ र उनकी श्रीमती प्रहरी इन्सपेक्टर अनिता प्रधानको मृत्यु भएको हो । उनीहरुको घरबाट विवाह सकेर कार्यस्थल फर्कदै थिए ।

दुर्घटनामा परी मुसीकोट नगरपालिका वडा नं १ का जनक शाह, सुदन श्रेष्ठ, शेरबहादुर श्रेष्ठ, मुसीकोट नगरपालिका वडा नं ४ की सुरेखा शाह, त्रिवेणी गाँउपालिका वडा नं १ की यमुना मल्लको निधन भएको प्रहरीले जनाएको छ । सुदन श्रेष्ठ र शेरबहादुर श्रेष्ठ बाबुछोरा हुन् ।

दुर्घटनामा घाइते भएका दाङका टेकबहादुर खत्री, चालक प्रेम थापा र सहचालक बाँफिकोटका प्रेम केसीलाई जिल्ला अस्पताल उपचार हुन नसकी थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
जीप इन्स्पेक्टर दम्पीको विवाह सकेर मुसीकोट आउँदै गर्दा मुसीकोट नगरपालिकाको वडा नं ६ साँखमा दुघर्टनामा परेको थियो । जीप मध्यपहाडी लोकमार्गबाट झण्डै एक सय मिटर तल पुगेको प्रहरीले जनाएको छ ।