स्थिरता, विकास र समृद्धिमा नेकपाका नेताको जोड

काठमाडौँ — नेकपा एमाले र माओवादी केन्द्रको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले पार्टी मिसिएको नभएर अन्तर घुलित भएकोमा जोड दिएका छन् । 

 

बिहीबार राष्ट्रिय सभागृहबाट गरिएको एकता पछिको नयाँ पार्टी घोषणा कार्यम्रकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल दुवैले अव पार्टीभित्र को एमाले र को माओवादी भनेर खोज्न नसिकने उल्लेख गरे।

 
'जसरी हिन्द महासागरमा गएर कुन कोशीको, कुन सेतीको भनेर पानी खोजेर सकिंदैन, अव पार्टीमा पनि को कहाँबाट आएको भनेर खोज्न सकिन्न' ओलीले आफ्नो सम्बोधनमा भने, 'अब पार्टीमा को कहाँबाट आएको भनेर खोजेर सकिन्न। यो मिसिएको होइन, अन्तर घुलन भएको हो।'
 
यसअघि बोलेका पार्टीका अर्का अध्यक्ष दाहालले पनि यही शैलीमा मन्तव्य राखेका थिए। उनले हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्ने उल्लेख गर्दै पानीलाई हाइड्रोजन र अक्सिजनमा छुट्याउन नसकिने उल्लेख गर्दै पार्टी एकता पनि त्यस्तै रहेको बताएका थिए।
 
अव स्थिरता, विकास र समृद्धि
 
दुवै अध्यक्षको जोड स्थिरता, विकास र समृद्धिमा थियो। ओलीले पार्टी एकताबाट कसैले पनि विचलित हुन नपर्ने उल्लेख गर्दै पार्टी एकता गरिवी र विकासको बिरुद्ध भएको उल्लेख गर्दै स्थिरता, विकास र समृद्धिको लागि पार्टी एकता भएको उल्लेख गरे।
 
उनी भन्दा अघि बोलेका दाहालले पनि जनताको लागि एकीकृत पार्टीले स्थिरता, विकास र समृद्धि ल्याउने बताएका थिए।
 
 
नयाँ युगमा प्रवेश
 
नयाँ पार्टीका दुवै नेताले मुलुक नयाँ युगमा प्रवेश गरेको बताए। दुवैको एउटै मत थियो, पार्टी एकताले नेपाली कम्युनिष्ट आन्दोलनमा मात्र होइन, मुलुककै इतिहासमा महत्वपूर्ण दिन हो।
 
ओलीले मुलुकमा नयाँ युगको सुरुवात भएको र नयाँ इतिहासको रचना भएको बताए भने दाहालले यसलाई महान फड्कोको संज्ञा दिए।
 
भेदभाव नहुने
 
ओलीले आफ्नो मन्तब्यको क्रममा को कुन पार्टीबाट आएको भन्ने कुराको आधारमा कुनै किसिमको पक्षपात र विभेद नगरिेने बताए। उनले भने, 'विगतको योगदान, वर्तमानको सक्रियता र भविश्यको संभावनालाई हेरेर जिम्मेवारी दिइने छ।
source:kantipur