धुलाेभित्र निसास्सिएको राजधानी [फाेटाेफिचर]

राजधानी भित्रिने मुख्य नाका त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक विस्तारको काममा भएको ढिला सुस्तीले जनताले निकै सास्ती खेप्नु परेको छ । चारवटा खण्डमा विभाजन गरिएको यस सडकमा १२ वटा निर्माण कम्पनीले ०७२ देखि काम गरिरहेका छन् ।

सबै खण्डको काम सम्पन्न हुनुपर्ने म्याद नै सकिसकेको छ । तर, अहिलेसम्मको प्रगति ३५ देखि ५० प्रतिशत मात्र छ । सडकको कुल लम्बाइ १२ दशमलव ४८० किलोमिटर रहेको छ । समयमा सडक निर्माण कार्य सम्पन्न हुन नसक्दा भोग्नु परेको सास्तीले जनता आजित छन् ।

घाम लाग्दा धुलोले सवारी साधन नै नदेखिने अवस्था रहेको छ । सोही सडकखण्डमा देखिएको सास्तीलाई नयाँ पत्रिकाका ज्ञानेन्द्र कार्कीले कैद गरेका दृश्य प्रस्तुत गरेका छौं ।

 

   

source:enayapatrika