दिल्लीबाट एकसातामा ७४ नेपाली युवतीको उद्धार

काठमाडौं । दिल्ली महिला आयोगको अगुवाईमा भारतको दिल्ली क्षेत्रबाट एकसातामा कम्तिमा पनि ७४ नेपाली युवतीको उद्धार गरिएको छ । दिल्ली महिला आयोगकी स्वाती मालिवालका अनुसार एकसातामा ३ पटक रेस्क्यु गरिएको छ । जसमा ७३ जना नेपाली युवती रहेका छन् । उनीहरुलाई मुनिर्का, मैदानगढी र पहाडगञ्जका विभिन्न होटलबाट उद्धार गरिएको हो । अभियानकर्ता अमित मिश्राले भने ७४ जनाको उद्धार गरिएको बताएका छन् । 

 

नेपाली चेलीहरुलाई उक्त क्षेत्रमा लगेर मानव तस्करले बेचबिखन गर्दै आएका छन् । उनीहरुलाई जबरजस्ती यौन कार्यमा लगाउने काम हुँदै आएको छ । आयोगकी अध्यक्ष स्वातीले गएराति १ बजेदेखि बिहान पौने ६ बजेसम्म पहाडगञ्जको एक होटलबाट ३९ जना युवतीको उद्धार गरिएको बताएकी छन् ।

 

 

 

 

पहाडग़ंज के होटल मानव तस्करी का अड्डा बन चुके हैं। होटल 'हृदय इन्' में सिर्फ और सिर्फ नेपाली लड़कियां एजेंट के द्वारा लाई जाती हैं। किसी को श्री लंका किसी को गल्फ बेचा जाता है। सब लड़कियां नेपाल के भूकम्प प्रभावित इलाकों से आती हैं और काम देना का झांसा देके यहां लाया जाता है। https://t.co/5R1jOtFb5h

— Swati Maliwal (@SwatiJaiHind) August 1, 2018



 

 

 

 

अभियानकर्ता अमित मिश्राले ट्वीटमार्फत यो जानकारी दिएका छन् । उनले पुरै दिल्ली सुतिरहेका बेला डिसीडब्लुकी अध्यक्ष स्वातीको नेतृत्वमा होटलमा पुगेर उद्धार गरिएको उनले बताएका छन् । भारतमा कति नेपाली युवती बेचिएका छन् भन्ने अहिलेसम्म कुनै तथ्यांक छैन ।

 

1 सप्ताह के अंदर DCW का यह तीसरा रेस्क्यू ऑपरेशन है। अब तक कुल मिलाकर 74 नेपाली लड़कियां रेस्क्यू हो चुकी है। क्या दिल्ली रेप कैपिटल ऑफ वर्ल्ड के बाद मानव तस्करी कैपिटल कहलायेगा?

केंद्र सरकार क्या कर रही है? दिल्ली पुलिस क्या कर रही है? गृह मंत्री राजनाथ सिंह क्या कर रहे हैं? pic.twitter.com/GFygymlCpf

— Amit Mishra (@Amitjanhit) August 1, 2018


आयोगकी अध्यक्ष स्वातीले पहाडगंज क्षेत्रमा रहेका होटल मानव तस्करीका अड्डा बनेका छन् । होटल ‘हृदय इन्’ मा नेपाली युवतीलाई विभिन्न एजेन्टमार्फत पुुर्याइन्छ । उनीहरुलाई श्रीलंका, गल्फ लगायतका देशमा लैजाने भन्दै बेचिने गरेको पाइएको उनले बताएकी छन् । नेपालको भूकम्प प्रभावित क्षेत्रबाट उनीहरुलाई रोजगारीको बहानामा भारत पुर्याइने गरेको उनले ट्वीटमार्फत बताएकी छन् ।

 

source:baarhakhari