हेलिकप्टरको पंखाले काटेर एक भारतीयको मृत्यु

हुम्ला — चीनसँग सिमा जोडिएको नाम्खा गाउँपालिकाको हिल्सामा मानसरोवर केलाश तीर्थ यात्रामा गएका एक भारतीयको आफै चढेको हेलिकप्टरको पंखाले काटेर मृत्यु भएको छ ।

 

मानसरोवर कैलाश तीर्थ यात्रा गर्न सिमकोटबाट हेलिकप्टरमा गएका भारत महाराष्ट्रका मुम्बइ निवासी ४२ वर्षीय नगेन्द्रकुमार कार्तिक मेहताको मृत्यु भएको हो।
 
नेपालस्थित भारतीय दूतावासका हुम्ला प्रतिनिधी जनकबहादुर शाहीका अनुसार एक्सप्लोर कैलाश ट्रेक प्रालीमार्फत आएका मेहेता हिल्सामा पुगेपछि हेलिकप्टर बाट ओर्लनेक्रममा पछाडिको पंखाले काटेर घटनास्थलमै मृत्यु भएको हो।
 
तीर्थयात्री मेहेता मनाङ एयरको नाइनएनएम भीकल साइन भएको हेकिप्टरमा सिमकोटबाट उडेको थिए।
 
घटनाको जानकारी लिन र आवश्यक मुचुल्का लगायतका कागजात तयार गर्न जिल्ला प्रहरी कार्यालयको एक टोली हिल्सा गएको छ।
source:kantipurdaily