जलबिरेमा पहिरो गएपछि मुग्लिन सडक फेरि ठप्प

चितवन — घुमाउनेमा ढुंगा खसेका कारण शनिबार बिहान ६ बजेदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडकमा दुईतर्फ गाडी चलेको आधा घण्टा नबित्दै जलबिरेमा पहिरो गएको छ । पहिरोका कारण फेरि यातायातका साधन रोकिएका छन् ।

फाइल तस्बिर

 
 
चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जलबिरेमा अपराह्न पौने ३ बजे पहिरो गएको हो । पहिरो हटाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्याल्यका प्रहरी निरीक्षक वेदप्रसाद गौतमले बताए । यसअघि बिहान ६ बजे पहिरो खसेको घुमाउनेमा साढे १० बजे एकतर्फी रुपमा गाडी चल्न सुरु भएको थियो । घुमाउनेको पहिरो पुरै हटाएर सवा दुई बजेपछि दुईतर्फी गाडी चलेको थियो । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार बिहानैदेखि पानी परेका कारण पहिरो हटाउन समस्या भएको थियो ।
 
नारायणगढ-मुग्लिन सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक हो । यो बाटो हुँदै दैनिक १० हजार गाडी ओहोरदोहोर गर्छन् । यो सडकलाई इसियला मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम भइरहेको छ । सढक फराकिलो पार्न पहाड काटेको ठाउँमा पहिरो जाने समस्याले यात्रुहरु हैरान छन् ।
 
......................
घुमाउनेमा ढुंगा खसेका कारण शनिबार बिहान ६ बजेदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडकमा दिउँसो सवा दुई बजेपछि दुईतर्फी रुपमा नै गाडी चल्न थालेका छन् ।
 
यसअघि बिहान साढे १० बजे एकतर्फी रुपमा गाडी चल्न सुरु भएको थियो। चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार बिहानैदेखि पानी परेका कारण पहिरो हटाउन समस्या भएको थियो।
 
‘साह्रै ठूलो पहिरो खसेको हैन। तर माथिबाट ढुंगा खसेका कारण गाडी चलाउन र पहिरो सफा गर्न डर भएका कारण बाटो रोक्नु परेको हो’ नारायणगढ मुग्लिन सडक आयोजनाका सुचना अधिकारी शिव खनालले भने।
 
त्यो ठाउँमा दुई चार दिनयता ढुंगा खसेर समस्या ल्याउने गरेको छ। सो ठाउँभन्दा दुई सय मिटर पर नारायणगढ तर्फ ७३ साल चैत्र २१ मा सुख्खा पहिरो खसेर दुईजनाको ज्यान लिएको थियो।
 
नारायणगढ मुग्लिन सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक हो।
 
यो बाटो हुँदै दैनिक १० हजार गाडि ओहरदोहर गर्छन्। यो सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम भइरहेको छ। सडक फराकिलो पार्न पहाड काटेको ठाउँमा पहिरो जाने समस्याले यात्रुहरु हैरान छन्।
source:kantipurdaily