राष्ट्रपतिको जिम्मेवारी दिए तयार छुः खनाल

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीले जिम्मेवारी दिए आफू तयार रहेको बताएका छन् । तर, राष्ट्रपति बनाइदेउ भनेर लबिङ गर्दै नहिड्ने बताए । पिता पुंगनाथ खनालको शतवाषिर्कीमा आयोजित वृक्षरोपण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खनालले पद प्राप्त गर्नका लागि लबिङ्मा नलाग्ने बताए । उनले भने- ‘तर म मलाई राष्ट्रपति बनाइदिनु पर्‍यो भन्ने लबिङ गर्ने पक्षमा छैन ।’ मुलुकको आवश्यकता अनुसार जिम्मेवारी लिन भने पछि नहट्ने पूर्वप्रधानमन्त्री खनालले बताए ।