एकतापछिको पहिलो नेकपा स्थायी कमिटीको बैठक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको पहिलो बैठक सुरू भएको छ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको हो।

केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार स्थायी कमिटीको पहिलो बैठकलाई दुवै अध्यक्षले सम्बोधन गर्नेछन् भने महासचिव विष्णु पौडेलले यसबीचमा भएका संगठनात्मक कामको विवरण स्थायी कमिटीमा पेश गर्नेछन् ।

बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको बारेमा पनि छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओली ५ असारमा चीन भ्रमणमा जाँदैछन् ।

यसअघि ९ सदस्यीय केन्द्रीय सचिवालयको बैठक बसेको थियो।

source:setopati