कार त्रिशुली नदीमा खस्यो, एक जनाको मृत्यु

धादिङ — काठमाडौंबाट पोखरा जाँदै गरेको बा १४ च ३७५८ नम्बरको कार पृथ्वी राजमार्ग सडकखण्ड अन्तर्गत गजुरीस्थित जहरेखेतबाट त्रिशुली नदीमा खसेको छ।

तस्बिरः हरिहरसिंह राठौर

उक्त दुर्घटनामा कास्की निवासी ५१ वर्षोय मधुसुदन सुवेदीको मृत्यु भएको गजुरीका प्रहरी निरीक्षक सन्जय तिमिल्सिनाले बताए।
 
थप २ जनाको सकुशल उद्दार गरिएको छ। उनीहरुको गजुरीस्थित सामुदायिक अस्पतालमा उपचार गराइँदै छ।
source:kantipurdaily