जानकी मन्दिरमा सर्वसाधरणलाई प्रवेश निषेध

जनकपुरधामः जानकी मन्दिरमा सर्वसधारणलाई प्रवेश निषेध गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार जनकपुर आएर दर्शन नगरुन्जेलका लागि जानकी मन्दिरमा सर्वसाधरणलार्य प्रवेश निषेध गरिएको हो । 

विहीबार दिउँसो १२ बजेदेखि मन्दिरको सम्पूर्ण ढोकाहरु बन्द गरी सर्वसाधारणलाई पूजाअर्चना गर्न निषेध गरिएको हो । अब भीआईपी, सुरक्षा अधिकारी र स्वीकृति प्राप्त सञ्चारमाध्यका प्रतिनीधिहरुले मात्र मन्दिरमा प्रवेश पाउने भएका छन् । 

मन्दिरमा दर्शन गर्न आउने श्रद्धालुलाई सुरक्षाकर्मीले ढोकामानै रोक्ने गरेका छन् । भारतीय प्रधानमन्त्री मन्दिरमा पूजा गर्न आउने हुनाले सुरक्षा संवेदनशीलताका कारण सर्वसाधारणको प्रवेशमा रोक लगाइएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी गराएका छन् । 

‘भारतीय प्रधानमन्त्री आएर पूजापाठ गर्ने र उनको सम्पूर्ण कार्यक्रम जनकपुरमा सकिएर उनी विदा भएपछि मात्र मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिने छ’, उपरीक्षक थपलियाले भने । 

source:annapurna