इँटाभट्टाले यसरी जल्दैछ खेतीयोग्य जमिन

भक्तपुर: भक्तपुरको जगातीमा रहेको इँटाभट्टाले खेतीयोग्य जमिन उराठ बन्दै गएको छ। तरकारी खेतीका लागि चर्चित भक्तपुरको मलिलो माटो पछिल्ला दिनमा इँटाभट्टाले दैनिक दोहन गर्दा राज्य रमिते मात्र बनेको छ। इँटाभट्टाले तरकारीखेती र खाद्यान्नबालीका लागि उर्वर माटो अनुत्पादक मात्र नभएर विस्तारै प्रदुषणमा परिणत भइरहेको छ।