सरकारको गतिविधि हेरेर सहयोग गर्छौँ: गगन

संखुवासभा — नेपाली कांग्रेसका नेता गगन थापाले अहिलेको सरकारको गतिविधि हेरेर सहयोग गर्ने बताएका छन् ।

 

नेपाल तरुण दलले आईतबारबाट आयोजना गरेको तरुण भेलालाई सम्बोधन गर्दे उनले वर्तमान सरकारको ५ वर्षे गतिविधि हेर्ने बताए ।
 
उनले नेकपाको नेतृत्वमा सम्वृद्धिको सपना देख्नु भ्रम मात्रै भएको दाबी गरे । एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपा प्राइभेट कम्पनी जस्तै भएकाले माओवादी केन्द्र मिसिएर पनि तात्वीक फरक नपर्ने बताए ।
 
‘पार्टीभित्रका पुराना नेताहरुले आफ्नो युगमा अब्बल नेतृत्व दिए’ उनले भने, ‘अब नयाँ युग सुरु भएको छ, नयाँ युगको नेतृत्व गर्न नयाँ सोचसहितको नेतृत्व आवश्यक छ । 
source:kantipur
 
फेरिएको समाजवादसँग कांग्रेस समय सापेक्ष भएर अघि बढ्ने उनले बताए ।
 
माक्र्सवाद, लेनिनवाद र माओवादीका झण्डा खोलेर डमरु बजाउदै एमाले माओवादीहरु कांग्रेस कै बाटोमा आएको उनले दाबी गरे ।
 
कांग्रेसले राजनीति जितेको भए पनि चुनाव हारेको भन्दै पुरानो ढर्रा र सोचबाट पार्टी अगाडि बढ्न नसक्ने बताए ।
 
अर्का नेता प्रदीप पौडेलले लोकतन्त्रको पहरेदारी गर्दै संविधान कार्यान्वयमा प्रतिबद्ध भएर लाग्ने बताए ।