प्रकृतिसँग लय मिलाउँदै खप्तडको यात्रा

खप्तड, नयाँ नाम होइन । नौलो गन्तव्य होइन । तर, पुग्नैपर्ने गन्तव्य हो । किन पुग्नैपर्ने त ?

किनभने यो प्रकृतिले सित्तैमा सजाएको अनुपम भू-सौन्दर्य हो, जसलाई जति हेरेपनि तपाईंको मन अघाउने छैन । यसको भौगोलिक बान्की, त्यससँगै लय मिलाइरहेको खोला, पृष्टभूमीमा चाँदी झै हिमाल, विशाल घाँसे मैदान, त्यहाँ फुलेका रंगबिरंगी बनफूल । आहा ! कति सुन्दर, कति शान्त ।

 

खप्तड धार्मिक पर्यटनका लागि कहलिएको स्थान हो । धार्मिक आस्था राख्नेहरु मात्र होइन, प्रकृतिसँग एकाकार हुन लालयितहरु पनि यहाँ पुगे हुन्छ ।

के छ खप्तडमा ?

यो प्रश्नलाई यसरी मिलाउन सकिन्छ, के छैन खप्तडमा ।

यहाँ अनन्त घाँसे मैदान छ । मैदानमा रंगबीरंगी बनफूल लहराइरहेका छन् । खप्तड बाबाको मन्दिर छ । मन्दिरलाई बिचमा पारेर बगेका कञ्चन खोला छ । खप्तड दह छ, अन्य मठमन्दिर छन् । र, २२ वटा साना-ठूला फाँट छन् ।

के पाइन्छ खप्तडमा ?


यस क्षेत्रमा ४ रैथाने सहित १ सय ३५ किसिमका फूल फुल्ने गर्दछन् । त्यसकारण पनि यो क्षेत्र प्रकृतिको खुला संग्रहालय र जीवित बगैचा हो ।

नेपालमा पाईने ७ सय मुख्य जडिबुटीमध्ये २ सय २४ प्रजातिका जडिबुटी यसै क्षेत्रमा पाईन्छ । प्रकृतिको यो अनौंठो संग्रहालयमा ५ सय ६७ प्रजातीका वनस्पति र विभिन्न २ सय ७० जातका चराचुरुंगी छन् ।

खस्रे भ्यागुता र बझांगे पाहा गरी दुई प्रजातीका रैथाने उभयचर बाघबुट्टे निगांलो पाईने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो । बिश्वकै दुर्लभ जातीको हरियो छेपारो पाईने यहाँ २२ पाटन र ५२ झोती छन् । यो १ सय ७५ प्रजातीका चराले बच्चा कोरल्ने ठाउ पनि हो ।

बझाड, बाजुरा, डोटी र अछामको संगम स्थल खप्तड क्षेत्र । चलन चल्तीमा खप्तड क्षेत्र बझाड र डोटी बाट जाने गरीन्छ । खप्तड क्षेत्रकेा प्रमुख स्थान त्रिवेणी मन्दिर हो ।

समुद्र सतहबाट २ हजार ७ सयदेखी ३ हजार २ सय २७ मिटरसम्मको उचाईमा २ सय २५ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको खप्तड राष्ट्रिय निकुञ्ज विश्वमै अति दुर्लभ थलथले घासे मैदानयुक्त जमिन हो ।

कसरी पुग्ने खप्तड

खप्तड क्षेत्र पुग्न धेरै बाटा छन् । तर, बझाड र डोटी बाट चलन चल्तीमा रहेको छ । खप्तड क्षेत्र पुग्नका लागी काठमाण्डौ बाट सिधै हवाई मार्ग हुदै धनगढी पुग्न सकिन्छ अथवा बसको १५ घण्टे लामो बसको यात्रा पश्चात पुगिन्छ धनगढी ।

धनगढी देखी डोटीको सदरमुकाम सिलगढी सम्मको यात्राको लागी आठ घण्टा बसको यात्रा पश्चात सुरु हुन्छ पैदल यात्रा । अलिहे बगलेग सम्म जिप पनी चल्ने भएकाले जिप रिजर्भ गरेर पनी लान सकिन्छ । बग्लेग देखि ८ घण्टाको यात्रा पछि पुग्न सकिन्छ खप्तड क्षेत्र ।

यम बहादुर खड्का
पर्यटन ब्यबसायी

मेरो यो खप्तड यात्रा देास्रो हो । तर म पहिले करीब दुई बर्ष अघि जादा र अहिले जादामा खासै केही भिन्नता पाएन । पर्यटकलाई चाहिने आधारभुत आश्वयक्ताहरुको जरुरी छ । अहिले त आन्तरीक पर्यटककहरुको गन्तव्य स्थलका रुपमा निकै चहल पहल बढेको छ । तर अझै यस्को विकास गर्न जरुरी छ ।

विकास भन्नाले बाटामो चिन्हरु, उकालो हिड्दा पानीको ब्यबस्थापन तथा खप्तड पुगे पछि बास बस्नका लागी उचित ब्यबस्थापन । अहिले जेनतेन चलेको छ, तर यस्ले दिगो समयका लागी उपयुक्त छैन । मैले खप्तडको भविष्य निकै राम्रो देखेको छु । खप्तड जानलाई बिभिन्न बाटाहरु रहेका छन् यस्ले पनी खप्तडको भविष्य राम्रो हो ।










source:onlinekhabar