प्रहरी कारवाहीमा दुर्इ अपहरणकारी मारिए

भक्तपुर सुर्यविनायककाे जंगलमा दुर्इजना  अपहरणकारी प्रहरी कारवाहीमा मारिएका छन् ।

काठमाडौंको काँडाघारीबाट अपहरित ११ वर्षीय बालक निशान खड्कालार्इ खोज्ने क्रममा सुर्यविनायक ८ भक्तपुरको जंगलमा अपहरणकारी फेला परेको र प्रहरी देखेर आक्रमण गरेपछि जवाफी कारवाहीमा दुवै मारिएको महानगरीय अपराध महाशाखा प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले बताए ।  प्रहरी कारवाहीमा मृत्युहुनेमा गोपाल तामाङ र अजय तामाङ रहेका छन् ।

अपहरणकारीको साथबाट एक थान पेस्तोल, दुई राउण्ड गोली र फिरौती माग्न प्रयोग भएको मोबाइल बरामद गरिएको उप्रेतीले जानकारी दिए ।

बालककाे शव भक्तपुरकाे  ठिमीमा फेला परेकाे छ ।

तस्बिर ः सराेज बस्नेत / टेकराज थामी

source:nayapatrikadaily