ढोका नखोलेकाे झोकमा श्रीमतीकाे हत्या

मकवानपुरको थाहा नगरपालिका–५ नलिवनका ५२ वर्षीय साहिंला थिङले ढोका नखोलेको झोकमा श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरी राति अबेर घर आएका थिङले ४३ वर्षीय साहिंलीमाया थिङको हत्य गरेका हुन् । हत्यापछि अभियोगबाट बच्न मुख विष हालिदिएका थिए ।

पास्नी भएको घरमा मादक पदार्थ सेवन गरी राति अबेर घर आएका उनले ढोका नखोलेको भन्दै श्रीमतीको घाँटीमा मुड्कीले हिर्काएर हत्या गरेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक धु्रव सिलवालले बताए  । प्रहरीका अनुसार ढोका नखोलेपछि उनी ढोका फोढेर घरभित्र पसेका थिए ।

पत्नीको मृत्यु भएपछि आफू बच्न तरकारीमा हाल्ने विष मुखमा खन्याएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको सिलवालले बताए । त्यसलगत्तै उनले विष सेवनले पत्नीको मृत्यु भएको भन्दै छिमेकीलाई खबर गरेका थिए । प्रहरीले अभियुक्तलाई घटनाबारे सोधखोज गर्दा कुटेर मारेको स्वीकार गरेको जनाइएको छ ।

source:nayapatrikadaily