जोशी प्रधानन्यायाधीश नबन्ने सम्भावना

प्रधानन्यायाधीशमा दीपकराज जोशीको प्रस्तावलाई संसदीय सुनुवाइ समितिले अनुमोदन नगर्ने लगभग निश्चित भएकाे छ । एक घण्टा ढिला गरी सुरु भएको बैठक जारी छ ।

स्रोतका अनुसार जोशी प्रधानन्यायाधीश नबन्ने भएका छन् । नेकपाको तर्फबाट जोशीलाई अस्वीकृत गर्ने प्रयास भइरहेको छ । नेकपाका नेताले जोशीलाई अस्विकृत गर्न समितिलार्इ म्यान्डेट दिएका छन् । कांग्रेसको सहमतिमा सर्वसम्मत रुपमा अस्वीकृत गर्ने प्रयास छ । यस विषयमा कांग्रेसले निर्णय लिन सकेको छैन । स्रोतका अनुसार कांग्रेसले शीर्ष नेताहरुसँग छलफल गरी निर्णय दिन सक्ने जनाएका छन् । उनीहरुले आजको छलफल स्थगित गर्न चाहेको र अर्को बैठकमा सर्वसम्मत जोशीलाई अस्वीकृत गर्ने बुझिएको छ ।

तथापी कम्युनिष्ट नेताहरुले भने कांग्रेससँग स्वीकृत लिने प्रयास गरिरहेका छन् । आजको बैठक बुधबार बिहानसम्मका लागि स्थगित हुने सम्भावना बढी रहेको स्रोतले जनाएको छ ।

नेकपाका सांसदले काङ्ग्रेस नेतालाई सर्वसमत रूपमा अस्विकार गरौं भन्ने प्रस्ताव राखिराखेका छन् । काङ्ग्रेसका ज्ञानेन्द्र बाहादुर कार्की लगायतले मानेका छैनन् ।

यस अघि दुईपटक समितिको बैठक विषयमा प्रवेशै नगरी स्थगित भएको थियो । कायममुकायम प्रधानन्यायाधीश जोशीसँग बिहीबार समितिले झन्डै चार घन्टा सुनुवाइ गरेको थियो । पर्याप्त छलफल आवश्यकता औँल्याउँदै शुक्रबार दिउँसो ३ बजे बैठक बोलाएपनि फेरि आइतबारसम्म स्थगित भयो । सांसदहरूको कार्यव्यस्तताको कारण देखाउँदै आइतबार पनि बैठक बस्न सकेन । आइतबार बैठक बस्न नसकेपछि बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको थियो ।

source:nayapatrika