मोदी काठमाडौंमा : सम्मान गारद ग्रहण

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टुँडिखेलमा नेपाली सेनाले अर्पण गरेको सम्मान गारद ग्रहण गरेका छन् । उनी शुक्रबार दिउँसो जनकपुरबाट काठमाडौं आइपुगेका हुन्छ ।

 

उक्त अवसरमा प्रधानमन्त्री केपी ओली, रक्षा, गृहलगायतका मन्त्रीहरु उपस्थित थिए ।
 
बिहान साढे १० बजे एयर इन्डियाको विशेष विमानबाट जनकपुर विमानस्थलमा अवतरण गरेका थिए।
 
जनकपुरको जानकी मन्दिर परिसरमा उनलाई प्रधानमन्त्री केपी ओलीले स्वागत गरेका थिए। उनले जानकी मन्दिरको दर्शन गरेपछि बाह्राबिगाहमा उनको नागरिक अभिनन्दन गरिएको थियो।
उनलाई त्रीभुवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले स्वागत गर्ने छन्। त्यसपछि उनी बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा केही समय विश्राम गरेर टुँडिखेलमा नेपाली सेनाद्वारा दिइने सम्मान गारथ अपर्ण गर्ने छन्।

उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गर्ने छन्। होटल द्वारिकाजमै उनले प्रधानमन्त्री ओलीसँग वान–टु–वान वार्ता समेत गर्ने छन्।
source:kantipur