काठमाडौंकाे मतगणना पाँच स्थानमा

पाँच स्थानमा काठाडौंका १० निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ। राष्ट्रिय सभागृहमा १, २, ३, ४ क्षेत्रको मतणना भइराखेको छ भने सहकारी विभाग नयाँ बानेश्वरमा ५ र ७ को गणना सुरु भएको छ।

त्यसैगरी जिल्ला समन्वयस समितिको कार्यालय बबरमहलमा क्षेत्र नम्बर ६ र वन परिसर बबरमहलमै क्षेत्र नम्बर ८ को मतगणना सुरु भएको हो। अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा भने काठमाडौं ९ र १० को मतगणना सुरु भएको छ।

काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह, विवेकशील साझाका रवीन्द्र मिश्र र वाम गठबन्धनका अनिल शर्माबीच प्रतिस्पर्धा हुने देखिएको छ। 
काठमाडौं २ मा वाम गठबन्धनका माधवकुमार नेपाल र कांग्रेसका दीपकप्रसाद कुँइकेलबीच प्रतिस्पर्धा हुँदै छ। काठमडौं क्षेत्र नम्बर ३ मा गठबन्धनका कृष्णबहादुर राई र कांग्रेसकी अम्बिका बस्नेतबीच प्रतिस्पर्धा हुँदै छ।

त्यसैगरी धेरै चर्चामा रहेको काठमाडौं क्षेत्र नम्बर ४ मा वाम गठबन्धनको तर्फबाट एमालेका राजन भट्टराई र कांग्रेसका गगन थापाबीच प्रतिस्पर्धा हुँदै छ। काठमाडौं ५ मा वाम गठबन्धनको तर्फबाट एमालेका ईश्वर पोखरेल र कांग्रेसका प्रकाशशरण महतबीच प्रतिस्पर्धा हुँदै छ। काठमाडौं क्षेत्र ६ मा कांग्रेसका भिमसेन दास प्रधान र वाम गठबन्धनको तर्फबाट माओवादी नेता झुक्कुप्रसाद सुवेदीबीच प्रतिस्पर्धा हुँदै छ। उता काठमाडौं क्षेत्र ७ मा भने गठबन्धनको तर्फबाट एमालेका रामवीर मानन्धर र लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका विक्रमबहादुर थापाको प्रतिस्पर्धा हुने देखिएको छ।

काठमाडौँ ८ मा गठबन्धनको तर्फबाट एमालेका जीवनराम श्रेष्ठ र कांग्रेसका नविन्द्रराज जोशीबीच प्रतिस्पर्धा हुँदै छ। उता क्षेत्र ९ मा गठबन्धनको तर्फबाट कृष्णगोपाल श्रेष्ठ र कांग्रेसका ध्यानगोविन्द रंजित चुनावी मैदानमा छन्। काठमाडौं १० मा भने कांग्रेसका राजेन्द्रकुमार केसी र माओवादीका हितमान शाक्यबीच प्रतिस्पर्धा हुँदै छ।