ओलीको बागी उम्मेदवारी फिर्ता

गायिका कोमल ओलीले स्वतन्त्रबाट दिएको उम्मेदवारी आइतबार फिर्ता लिएकी छिन् । केही समयअघि राप्रपाबाट एमालेमा प्रवेश गरेकी ओलीले प्रत्यक्ष र समानुपातिक कुनै पनि निर्वाचनमा नाम नपरेपछि बागी उम्मेदवारी दिएकी थिइन् । उनले प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएकी थिइन् ।

घोराहीमा पत्रकार सम्मेलन गरी उनले एमाले उम्मेदवार हिराचन्द्र केसीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको जानकारी दिइन् । उनी उम्मेदवार दर्ता गर्दा केही समर्थक कलाकारका साथ राष्ट्रिय झन्डा बोकेर निर्वाचन आयोगको कार्यालय पुगेकी थिइन् । उम्मेदवारी दर्ता गर्दा उनले एमालेले धोका दिएको बताएकी थिइन् । ‘मलाई एमालेले धोको दियो । कुनै पनि सूचीमा नाम राखेन,’ उम्मेदवारी दिँदा उनले भनेकी थिइन्,‘जनतामाझ परीक्षण हुने उपयुक्त मौका आएको छ । निर्वाचनको तयारी गरिसकेकाले रोकिन सक्दैन