जावलाखेलमा यसरी देखाइयो भोटो

काठमाडौं । अन्न, वर्षा र सहकालका देवताका रूपमा पुजिँदै आएको रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत आइतबार भोटो प्रदर्शन गरिएको छ । आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बसेको बताइन्छ । हरेक वर्ष साइत हेरेर भोटो देखाउने गरिएको छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किम्बदन्ती छ ।

 

भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता लागेको छैन । पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ ।

 

यो जात्रा हेर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरु, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन जावलाखेल पुगेका थिए । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदासमेत दिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

source:baarhakhari