तीन यातायात व्यवसायी पक्राउ

म्याग्दी — प्रहरीले बिहीबार म्याग्दीमा ३ जना सिन्डिकेटधारी यातायात व्यवसायीलाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाएको छ ।

 

जिल्ला प्रहरी प्रवक्ता दीपक महतका अनुसार मालिका-७ विमका सागर श्रीपाली, बेनी नगरपालिका-५ पुलाचौरका विश्वास शेरपुन्जा र बेनी नगरपालिका-८ बेनी कालीपुलका आकाश घर्तीलाई पक्राउ गरी सार्वजनिक मुद्दा दर्ता गरिएको हो । उनीहरुलाई अनुसन्धानका लागि ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।
 
पोखरालगायत देशका विभिन्न ठाउँबाट रिजर्भमा मुस्ताङतर्फ जाँदै गरेका सवारी साधन सदरमुकाम बेनीदेखि ४ किलोमिटर उत्तर रघुगंगा गाउँपालिका-३ गलेश्वरमा रोकी जबर्जस्ती यात्रु ओरालेर आफ्नो बसमा राख्ने प्रयास गरेका थिए ।
source:kantipur