अब प्रदेश ४ को नाम ‘गण्डकी’

प्रदेश ४ को नाम ‘गण्डकी’ रहने भएको छ । आजको प्रदेशसभा बैठकले ‘गण्डकी’ नामलाई पारित गरेको हो । बैठकमा कुल उपस्थित ५६ प्रदेश सांसद मध्ये ५४ जनाले ‘गण्डकी’ नामको पक्षमा मतदान गरेका थिए भने २ जनाले विपक्षमा मतदान गरे । अब प्रदेश ४ को राजधानी ‘पोखरा’ र प्रदेशको नाम ‘गण्डकी’ रहने भएको छ । राजधानीका विषयमा सबै सांसद एकमत भए पनि प्रदेशको नामाकरणमा एकमत हुन नसकेको हो ।

नयाँ शक्तिका सांसदले पहिचानमा आधारित नाम हुनुपर्नेमा पहिल्यैदेखि अडान राख्दै आएका थियो भने पूर्व एमाले र कांग्रेसका सांसदले ‘गण्डकी’ नाममा यसअघि नै सहमत थिए । पूर्व माओवादीका सांसद मौन बसेका थिए । एकीकृत नेकपाको केही दिन अघि बसेको प्रदेश संसदीय दलको बैठकले  ‘गण्डकी’ नाममा सहमती जनाएपछि प्रदेश ४ को नाम ‘गण्डकी’ रहने निश्चितप्रायः भएको थियो ।

source:nayapatrikadaily