फरक क्षमताका धनी ऋषि परियार

दाङका २७ वर्षीय ऋषि परियार फरक क्षमताका व्यक्ति हुन्। उनी खुट्टामाथि पारेर अर्थात दुई हात टेकेर दुई/तीन किलोमिटरको दुरी सहजै पार गर्न सक्छन्।

ऋषिले यसरी हिड्ने अभ्यास गर्न थालेको करिब १४ वर्ष भयो। उनका कोही प्रशिक्षक छैनन्। कतै गएर तालिम पनि लिएका छैनन्। निरन्तरको स्वभ्यसाले ऋषि आज मज्जाले खुट्टाले झैं हात टेकेरै हिड्नसक्ने भएका हुन।

स्कूल पढ्दादेखि उनको खेलकुदमा गहिरो रुचि थियो। साथिसँग दौडिने, उफ्रिने गर्दागर्दै उनले हातले टेकेर हिड्ने अभ्यसा सुरू गरे। स्कूले शिक्षा पुरा गरे पनि गरिवीका कारण ऋषिको त्यो भन्दा अगाडि पढईमा ब्रेक लाग्न पुग्यो। पढाई बाध्यताले छुटे पनि उनले हातले टेकेर हिड्ने अभ्यास छोडेनन्।

तुलसीपुर उपमहानगरपालिका–३ राणागाउँका ऋषिका ५७ बर्षीया बाबा खड्गविर र ५० बर्षीया आमा सुन्तली परियारले गाउँघरका कपडा सिलाएर जेनतेन घर गृहस्ती चलाउँदै आएका छन्।

परिवारका जेठा सञ्तान ऋषिभन्दा पछाडि थप चार बहिनी छन् । २ जनाको विहे भए पनि अन्य दुई जना भने घरमै छन्।

जस्तोसुकै भए पनि ऋषिले अभ्यास गर्न कहिलै छोडेनन् । त्यो देख्दा उनको सपना नबुझ्नेहरु ऋषिलाई पागल भनि ठान्छन्। काम नपाएको भन्दै खिल्ली उडाउँछन्। तर ऋषि त्यस्ताको वास्तै नगरी निरन्तर अभ्यास गर्दै आएका छन्।

अधिकाँस समय उनी राप्ती राजमार्गमा गएर साँझ विहान अभ्यास गर्छन । साँगुरो सडकमा उनी एक्लै अभ्यास गर्दा जोखिम त्यतिकै हुन्छ । तर पनि आफ्नो र देशको नाम विश्वामा रोषण गराउने दृढ अभिलासाले ऋषि निरन्तर अभ्यास गर्न छोडेका छैनन्।

ऋषिको मेहनत नजिकवाट नियाल्दै आएकाहरु गिनिज बुकमा नाम लेखाउने उनको दृढ चाहाना र सपना पुरा होस भन्ने कामना गर्छन्। परिवारजन मात्रै हैन पुरै गाउँले ऋषिले आफ्नो गाउँठाउँ र पुरै देशको नाम विश्वामा चिरपरिचित बनाउन सकोस भन्ने धारणा राख्छन् । स्थानीय समदर्सी क्लवले ऋषिको प्रतिभा पहिलो पटक मिडिया सामु प्रर्दशन गरेको थियो । तर त्यो प्रयाप्त बन्न सकेन ।

त्यसबाट ऋषिले स्थानीय स्तरमा चर्चा कमाए पनि त्यो केन्द्र तथा विश्वको ध्यान आकर्षित हुन सकेको छैन । ऋषिको आर्थिक अवस्था कमजोर भएको हुँदा उनी आफै काठमान्डौं गएर मन्त्रीलाई र राष्ट्रिय खेलकुद परिसदका पदाधिकारीलाई भेट्न भनसुन गर्न सकिरहेका छै्रनन् । लण्डनमा गएर गिनिज बुकका पदाधिकारीलाई नेपाल निम्त्याउने र प्रतिभा देखाउने कुरा त झनै उनको लागि सपना जस्तै हो ।

त्यसैले ऋषिले आफूलाई राज्य वा कुनै संघ संस्थाले सहयोग गरिदियोस भन्ने चाहाना राख्छन्। ऋषिले हालसम्म विवाह पनि गरेका छैनन् । र त्यसको कारणपनि वैवाहिक जीवनमा फस्दा उदेश्यवाट दिगभ्रमित हुन पुगिन्छ कि भन्ने चिन्ता नै हो।

देश र समाजको नाम विश्वमै रोषण गर्न दृढ संकल्पका साथ वर्षौदेखि निरन्तर अभ्यासरत एकजना अदभूत क्षमता भएका ऋषि परियार जस्ता प्रतिभाहरुलाई राज्य र सरोकारवालाहरुले ऋषि मनले सम्पूर्ण सहयोग गर्न सकेमात्रै यस्ता प्रतिभाहरुको कदर देश विदेशमा हुनेछ।

source:setopati