१३ खर्ब १५ अर्बको बजेट

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको आय व्ययको विवरण (बजेट) प्रस्तुत गरेका हुन् ।

 

 
रकारले राजश्वबाट ८ खर्ब र वैदेशिक ऋणबाट २ खर्ब २ अर्ब उठाउने लक्ष्य लिएको छ।
 
अर्थमन्त्रीले चाुल आर्थिक वर्षको बजेटको आकारमा ३७ अर्ब रुपैयाँ बढाएर बजेट ल्याएका हुन् । चालु आर्थिक वर्षको बजेटको आकार १२ खर्ब ७८ अर्ब रुपैयाँको थियो ।
 
प्रत्येक वर्षको जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था छ ।

source:kantipur