गंगामायाले तोडिन् अनशन

काठमाडौँ — छोराका हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दै लामो समयदेखि अनशनरत गंगामाया अधिकारीले अनशन तोडेकी छन् ।

 

सरकारले पूर्वसम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि शुक्रबार अपराह्न अधिकारीले अनशन तोडेकी हुन्। अधिकारीलाई अनशन तोडाउन राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएका थिए।

source:kantipurdaily