प्रचण्ड विजयी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका छन्। राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेलाई ९ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै प्रचण्ड प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।

पाण्डेको भन्दा दाहालले ९ हजार ३४१ मत बढी पाए। प्रचण्डले ४८ हजार २७६ मत ल्याए भने वर्तमान वन तथा भूसंरक्षण मन्त्री समेत रहेका पाण्डेले ३८ हजार ९३५ मत पाए।