डा. केसी सडक प्रदर्शनमा

 चिकित्सा क्षेत्र सुधारको माग राखी पछिल्लो पटक १६ दिने अनसन बसेका डा. गोविन्द केसी शनिबार सडक प्रदर्शनमा सहभागी भएका छन् । केसीका समर्थकले आयोजना गरेको प्रदर्शनमा उनी सहभागी भएका हुन् । सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्सले र्‍यालीको आयोजना गरेको हो । प्रदर्शनका सहभागीलाई सम्बोधन गर्दै डा. केसीले राजनीतिक नेतृत्वको भ्रष्ट मानसिकताका कारण आफ्नो आन्दोलनका क्रममा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको बताए । संविधानले प्रदत्त गरेका अधिकारबाट जनता वञ्चित नहुन् भनेर आफूले निरन्तर आन्दोलन गरिरहेको उनको भनाइ थियो । संविधानमा समाजवादउन्मुख लेखिएको, कांग्रेसले समाजवादी व्यवस्था स्थापना गर्ने भन्ने उल्लेख गरेको, कम्युनिस्टहरूले साम्यवादी व्यवस्था ल्याउने भन्ने गरेको चर्चा गर्दै उनले भने, ‘जसले जे वादी नाम दिए पनि मेरो विचारमा सबै भुँडीवादी हुन् ।’ देशका जुनसुकै कुनामा रहेका जनताले नि:शुल्क स्वास्थ्य पाऊन् र सबै नेपालीले मेडिकल शिक्षा आर्जन गर्न पाऊन् भन्ने पक्षमा आफ्नो आन्दोलन रहेको उनले बताए । ‘म स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि लडिरहेको छु । त्यसक्रममा सरकारसँग पटकपटक सम्झौता भएका छन्, तर कार्यान्वयन हुँदैन,’ उनले भने, ‘यसपटकको अनशन पनि सम्झौतामा टुंगिएको छ । तर, सम्झौतालगत्तै उलंघनको प्रयास हुन थालेको छ ।’ देशका युवा आफ्नो अधिकारका लागि लड्नुपर्ने भन्दै उनले अधिकार नदिए खोसेर लिनुपर्ने बताए । नेपाली जनताले तानाशाही शासनविरुद्ध लड्दै आएको सन्दर्भ कोट्याउँदै उनले युवा पुस्तालाई सुन्दर भविष्य सुम्पन पनि प्रौढ पुस्ता आन्दोलनमा सहभागी हुनुपर्ने धारणा राखे । साउचिकित्सा क्षेत्र सुधारको माग राखी पछिल्लो पटक १६ दिने अनसन बसेका डा. गोविन्द केसी शनिबार सडक प्रदर्शनमा सहभागी भएका छन् । केसीका समर्थकले आयोजना गरेको प्रदर्शनमा उनी सहभागी भएका हुन् । सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्सले र्‍यालीको आयोजना गरेको हो । प्रदर्शनका सहभागीलाई सम्बोधन गर्दै डा. केसीले राजनीतिक नेतृत्वको भ्रष्ट मानसिकताका कारण आफ्नो आन्दोलनका क्रममा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको बताए । संविधानले प्रदत्त गरेका अधिकारबाट जनता वञ्चित नहुन् भनेर आफूले निरन्तर आन्दोलन गरिरहेको उनको भनाइ थियो । संविधानमा समाजवादउन्मुख लेखिएको, कांग्रेसले समाजवादी व्यवस्था स्थापना गर्ने भन्ने उल्लेख गरेको, कम्युनिस्टहरूले साम्यवादी व्यवस्था ल्याउने भन्ने गरेको चर्चा गर्दै उनले भने, ‘जसले जे वादी नाम दिए पनि मेरो विचारमा सबै भुँडीवादी हुन् ।’ देशका जुनसुकै कुनामा रहेका जनताले नि:शुल्क स्वास्थ्य पाऊन् र सबै नेपालीले मेडिकल शिक्षा आर्जन गर्न पाऊन् भन्ने पक्षमा आफ्नो आन्दोलन रहेको उनले बताए । ‘म स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि लडिरहेको छु । त्यसक्रममा सरकारसँग पटकपटक सम्झौता भएका छन्, तर कार्यान्वयन हुँदैन,’ उनले भने, ‘यसपटकको अनशन पनि सम्झौतामा टुंगिएको छ । तर, सम्झौतालगत्तै उलंघनको प्रयास हुन थालेको छ ।’ देशका युवा आफ्नो अधिकारका लागि लड्नुपर्ने भन्दै उनले अधिकार नदिए खोसेर लिनुपर्ने बताए । नेपाली जनताले तानाशाही शासनविरुद्ध लड्दै आएको सन्दर्भ कोट्याउँदै उनले युवा पुस्तालाई सुन्दर भविष्य सुम्पन पनि प्रौढ पुस्ता आन्दोलनमा सहभागी हुनुपर्ने धारणा राखे । तस्बिर: