नेपाली समुदायसंग बेलायत पत्रकारहरुको पहिलो वृहत अन्तरसंवाद

नेपाली समुदायसंग बेलायत पत्रकारहरुको पहिलो वृहत अन्तरसंवाद नेपाल पत्रकार महासंघ युके शाखाद्वारा दि प्यालेस, अल्डरसटमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि बेलायतमा नेपाली पत्रकारहरुको भूमिका तथा विभिन्न समुदाय बीच पत्रकारहरुको सम्बन्ध र सुधार गर्नु पर्ने बिबिध बिषयमा छलफल सम्पन्न भएको छ l बिभिन्न संघसंस्थाको बाक्लो प्रतिनिधि रहेको उक्त कार्यक्रममा प्रमुख अथिति बेलायतका लागि कार्यवाहक राजदुत तेज बहादुर छेत्रीले समाजमा पत्रकारहरुको गहन जिम्मेवारी रहेको कुरा अवगत गराउनु भएको थियो भने कार्यक्रमको सभापतित्व नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपांगी मगरले गर्नु भएको थियो